‘सिङ्गो संसार’ : प्रेम सम्बन्धबारे मेचु र साहिल

काठमाडौं । प्रेमिल जोडीको सम्बन्धमा आधारित म्युजिक भिडियो ‘सिङ्गो संसार’ सार्वजनिक भएको छ ।
गीतमा मेचु धिमाल र साहिल लिम्बुको स्वर छ । उनीहरु दुवै रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी कलाकार हुन् ।
गीतमा मेचुकै शब्द र संगीत छ । म्युजिक भिडियोलाई किरण राईले छायांकन गरेका छन् । उनैले सम्पादन पनि गरेका हुन् ।
मेचुकै निर्देशनमा बनेको म्युजिक भिडियोमा उनी र साहिलले अभिनय गरेका छन् । गहिरो मायामा रहेका प्रेम जोडीको सम्बन्धलाई यसमा देखाउन खोजिएको छ ।
पछिल्लो समय नेपालमा कम लगानीमै राम्रा म्युजिक भिडियोहरु बन्ने क्रम बढेको छ ।
प्रतिक्रिया