अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजाको तस्बिर नराख्ने

काठमाडौं । अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ ।

अस्ट्रेलियाको केन्द्रीय बैंकले बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छाप्ने जनाएको छ ।

केन्द्रीय बैंकको यो निर्णयसँगै अघिल्लो वर्ष राजसिंहासन सम्हालेका बेलायतका राजा चार्ल्स तृतीयको फोटो नोटमा छापिने छैन ।

नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अस्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् ।

गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि राष्ट्राध्यक्षको सम्मानमा अस्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

उक्त घोषणाप्रति असन्तुष्टि जनाउँदै त्यहाँका केही आदिवासी समूहले विरोध गरेका थिए ।

उनीहरूले राजतन्त्रको उन्मूलन गर्नुपर्ने भन्दै विरोध गरेपछि संवैधानिक राजतन्त्रको भविष्यबारेको बहस फेरि सुरु भएको छ ।

तस्बिरः पिक्स्वे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *