रास्वपा तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

रास्वपा प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा तत्काल सरकारबाट नबाहिरिने निर्णय गरिएको छ ।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले जानकारी दिएका छन् ।

प्रवक्ता ढकालले पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने पनि बताएका छन् ।

पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वाभाविक दाबी भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *