९ किलो सुनसहित क्यानेडेली नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडेली नागरिक बुधबार पक्राउ परेका छन् ।
दुबईबाट आएका युएई मूलका क्यानेडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयका अधिकारीले पक्राउ गरेका हुन् ।
उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।
आठ वटा बिस्कुट आकारका सुन कम्मरमा फल्स बटन बनाएर बोकेको अवस्थामा बरामद गरिएको प्रवक्ता पाण्डेले बताए ।
उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ ।
गत महिना १९ केजी सुनसहित दुई सुडानी पक्राउ परेका थिए ।
प्रतिक्रिया