एन्जो फर्नान्डेज चेल्सीमा अनुबन्धित

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनाका स्टार खेलाडी एन्जो फर्नान्डेजलाई हालसम्मकै बढी रकम खर्चेर अनुबन्ध गरेको छ ।

चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई १ सय ७ मिलियन पाउण्ड तिरेर मिडफिल्डर एन्जोलाई अनुबन्ध गरेको हो ।

प्रिमियर लिगमा खेलाडी अनुबन्ध गर्न खर्च गरिएको यो सर्वाधिक रकम रहेको जनाइएको छ ।

यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

चेल्सीसँग अनुबन्धित भएसँगै २२ वर्षीय एन्जो अर्जेन्टिनाका सर्वाधिक महँगा खेलाडी बनेका छन् । उनी चेल्सीमा साढे ८ वर्ष रहने गरी सम्झौता गरिएको छ ।

अर्जेन्टिना च्याम्पियन बनेको कतार फिफा विश्वकप फुटबलमा एन्जोले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *