सिमसार क्षेत्र संरक्षणको चुनौती

काठमाडौं । आज बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसपालि सिमसार दिवस मनाउन लागिएको हो ।

पानी र जमिन मिश्रित दलदल भू-भाग सिमसार क्षेत्र महिना ओसिलो र धापिलो हुन्छ । पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

यस्ता सिमसार क्षेत्रहरूहरु दुर्लभ चरा चुरुङ्गीहरुको मुख्य बासस्थान हुन् । कोसीटप्पु वन्यजन्तु आरक्ष र नेपालका अन्य आरक्ष क्षेत्रमा रहेका सिमसारमा बचेरा कोरल्न रुसको साइबेरियादेखि चराहरु आउने गरेका छन् ।

सुनसरीको बराहक्षेत्रका रबिन घिमिरेका अनुसार मानवीय अतिक्रमण र अन्य कारणले गर्दा सिमसार क्षेत्र मासिन थालेका छन् ।

सिमसार मासिँदा कोसी क्षेत्रमा आउने चराहरुको संख्या घटिरहेको उनको भनाइ छ ।

सरकारले सिमसार क्षेत्र संरक्षणका लागि प्रभावकारी काम नगरे यसले पर्यावरण र वन्यजन्तु संरक्षणको चुनौतीलाई अझ बढाउने घिमिरेले बताए ।

सिमसारले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिने भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिने गरिएको छ ।

नेपालमा ४ हजार सिमसार क्षेत्र रहेको तथ्यांक छ । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार क्षेत्र दर्ता भएका छन् ।

कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से-फोक्सुन्डो ताललगायत सिमसार क्षेत्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *