पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । त्यसका लागि एसियन लायन्सले पारसलाई अनुबन्ध गरेको छ ।
लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ ।
यो प्रतियोगिता भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरदेखि वेस्टइन्डिजका ब्रायन लारासम्मका खेलाडीले खेल्दै आएका छन् । लिगमा वर्ल्ड जायन्टस्, इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहनेछ ।
लिगको तेस्रो संस्करण फेब्रुअरी २७ देखि मार्च ८ तारिखसम्म कतार र ओमानमा हुँदैछ ।
पारसले दुई वर्षअघि सन्यास लिएका थिए । उनको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।
प्रतिक्रिया