प्रदेश १ सरकारले सूचनाको हकसम्बन्धी कानून बनाउने

विराटनगर । प्रदेश १ का सांसदहरुले लोकतन्त्र वलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

खुला शासनका विषयमा आयोगले आयोजना गरेको अन्तरक्रियामा सहभागी उनीहरुले ‘खुला सरकार’ मा जोड दिएका हुन् ।

प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विषय विज्ञका रुपमासूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथि धारणा राख्ने सबैले खुला सरकार हुनुपर्ने बताएका थिए । आयोगकी सूचना आयुक्त कमला वलीले वलीले लोकतन्त्र भनेको शासन गर्ने व्यवस्था नभएको बताइन् । सूचनाको हक हरेक नागरिकलाई भएको भन्दै उनले सूचनाको हक प्रयोग गर्न समेत आह्वान गरिन् ।

कार्यक्रममा सहभागी कतिपयले मन्त्रालयको संख्याको विषयमा पनि विषय उठान गरेका थिए । मूख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट न्युन भएको र श्रोतहरु पनि न्युन हुँदा का मगर्न गाह्रो पर्ने बताए । उनले रोयल्टी बाडफाँट सम्बन्धी कानून संशोधनको आवश्यकता रहेको समेत बताए ।

उनले प्रदेश सरकार नैतिक रुपमा इमान्दार रहेको भन्दै खुला शासन लागू गर्न आफू प्रतिवद्ध रहेको बताए । मुख्यमन्त्री कार्कीले सूचनाको हक सम्बन्धी प्रदेश कानून बनाउने घोषणा समेत गरेका छन् ।

आयोगले खुला शासनका विषयमा देशव्यापी रुपमा विभिन्न प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *