बाजुरा भूकम्पमा चारवटा घर भत्किए, विस्तृत विवरण आउन बाँकी

काठमाडौं । बाजुरामा भूकम्पले चारवटा घर भत्किएका छन् । मंगलबार दिउँसो गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको प्रहरीले जनाएको छ ।

भूकम्पले अरु कता कति क्षति पुर्यायो भन्नेबारे बुझ्ने काम भइरहेको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जनाएका छन् ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर पाँच दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

गत कात्तिक तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *