परिवारले अस्वीकार गर्दा भागी विवाह गरेका जोडीद्वारा ‘आत्महत्या’

झापा । कचनकवल ४ मा रहेको एभरेस्ट चिया बगानमा युवक र युवती मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएका हुन् ।

चिया बगानबीच रहेको रुखमा झुन्डिएको अवस्थामा दुवै मृत भेटिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

तीन महिनाअघि उनीहरुले भागी बिहे गरेका थिए । राजेश र पवित्रालाई गणेश परिवारले अलग बनाउने प्रयास गरेको गाउँलेले बताएका छन् ।

युवतीका परिवारले युवकलाई अस्वीकार गरेको गाउँलेले प्रहरीलाई जानकारी दिएका छन् । त्यही कारण उनीहरुले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे स्थानीय बासिन्दा र परिवारका सदस्यहरुसँग सोधपुछ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *