‘हिन्दू राष्ट्रको मुद्दा अब झन् बलियो हुन्छ’

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको मुद्दा अब झन् बलियो हुने दाबी गरेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको भवन उद्घाटन गर्ने क्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ’, उनले भने, ‘हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताए । लिङ्देनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए ।
४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको उद्घाटन गरेका थिए ।
मन्त्री लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए ।