बीबीसीले बनाएको मोदीबारे वृत्तचित्रमा भारतले किन रोक लगायो ?

काठमाडौं । बेलायती प्रशारण संस्था ‘बीबीसी’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रले चर्चासँगै विवाद निम्त्याएको छ ।

सन् २००२ मा गुजरातमा भएको दंगामा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रश्न उठाइएको वृत्तचित्रलाई भारतमा प्रतिबन्ध लगाइएपछि झनै चर्चा बढेको छ ।

भारतको सूचना र प्रसारण मन्त्रालयले उक्त वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न आदेश दिएको छ ।

बीबीसीले भारतमा वृत्तचित्र प्रसारण नगरेको भए पनि केही यूट्यूब च्यानलमा भिडियो अपलोड भएपछि भारत सरकारले ब्लक गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ ।

मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत आदेश दिएका हुन् ।

वृत्तचित्र भारतमा अरु माध्ययमबाट प्रसारणमा पनि भारत सरकारले रोक लगाएको छ ।

वृत्तचित्रको कुनै पनि क्लिप सामाजिक सञ्जालमा समेत सेयर गर्न प्रतिबन्ध लगाइएको छ ।

मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । दंगामा सरकारी गणनाअनुसार एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

ज्यान गुमाउने धेरैजसो मुस्लिम थिए । हिन्दू तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको ज्यान गएपछि हिंसा भड्किएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *