विश्वकप छनोटमा नेपालको पहिलो खेल सिङगापुरसँग

काठमाडौं । फेब्रवरीमा युएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोट खेलमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ ।
नेपालले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिङ्गापुरसँग खेल्नेछ ।
दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ भने फागुन १५ मा हङकङसँग खेल्नेछ ।
नेपालले फागुन १६ मा मलेसियासँग खेल्नेछ । अन्तिम खेल फागुन १८ मा यूएईसँग खेल्नेछ ।
नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहन सके सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।
टोलीको मुख्य प्रशिक्षक जगत टमाटा छन् । नेपालले १४ सदस्यीय टोलीको पनि घोषणा गरेको छ ।
प्रतिक्रिया