नियम उल्लंघन गर्ने नेपाल वायुसेवाका पाँचजना क्याप्टेन निलम्बित

काठमाडौं । नियम उल्लंघन गरेको आरोपमा नेपाल वायुसेवा निगमका पाँचजना क्याप्टेन निलम्बनमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गर्ने पाँचजना क्याप्टेन एकसाथ कारबाहीमा परेका हुन् । उनीहरुलाई निलम्बन गरिएको छ ।

पुस ३० गते काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा उचाइ व्यवस्थापन नगरी जोखिमपूर्ण अवतरण गराएपछि त्यहाँको एटीसीको निर्देशन अवज्ञा गरेको हङकङ सिभिल एभिएसनले नेपाललाई जानकारी गराएको थियो ।

त्यसअनुसार पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा निलम्बनमा परेका हुन् ।

काठमाडौँबाट जापान उड्नेक्रममा मानक उडान प्रक्रिया पालना नगरेपछि यामप्रसाद ज्वारचन र प्रसन्नशमशेर जबरा निलम्बनमा परेको प्राधिकरणले जनाएको छ ।

जबर्जस्ती जहाज टेकअफ गर्ने क्याप्टेन ज्वारचन र जबरा वाइडबडी जहाज ए ३३०–२०० का क्याप्टेन हुन् भने एटीसीको निर्देशनको अवज्ञा गर्दै जहाज अवतरण गर्ने न्यारोबडी जहाज ए ३२०–२०० का क्याप्टेनहरू छन् ।

प्राधिकरणका अनुसार शनिबारदेखि ती क्याप्टेनलाई ‘ग्राउन्डेड’ गरेर जाँचबुझ अघि बढाइएको छ ।

–प्रतीकात्मक तस्बिर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *