‘युक्रेनले शान्तिवार्ता अस्वीकार गरे द्वन्द्व समाधान कठिन’

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शान्ति वार्तालाई युक्रेनले अस्वीकार गरिरहे द्वन्द्व समाधान गर्न कठिन हुने बताएका छन् ।

दक्षिण अफ्रिकाको भ्रमणमा रहेका लाभरोभले पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।

शान्ति वार्ताका लागि युक्रेनले ढिलाइ गरिरहेको उनको भनाइ छ । रुस भने वार्ताका लागि खुला रहेको उनले उल्लेख गरेका छन् ।

युक्रेन र अमेरिका युद्ध अन्त्य गर्न गम्भीर नरहेको लाभरोभले आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

युक्रेनमा रुसको आक्रमण र रुसप्रति पश्चिमा मुलुकको पछिल्लो व्यवहारलाई लिएर वार्ता गर्न लाभरोभ दक्षिण अफ्रिका पुगेका हुन् ।

लाभरोभको भ्रमणलाई लिएर युक्रेनले भने आपत्ति जनाएको छ । यसैबीच जर्मनीका विदेशमन्त्री एनालेना बेरबकले युरोपेली संघसंग आवद्द मूलुक र तिनका साझेदारहरूले रुसमाथि जित सुनिश्चित गर्न युक्रेनका लागि सक्दो प्रयास गर्नुपर्ने बताएका छन्

फोटोः पिक्स्वे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *