बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्व पदीय मर्यादाविपरीत काम गरेको आरोप लागेको छ ।

प्रतिष्ठानको उपकुलपतिजस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्नेक्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ मर्यादाविपरीत काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाइएको छ ।

बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको ओहदा पाएँ भनी अरुले विश्वास गर्नेगरी प्रोफेसर पद प्रयोग गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गिरीलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्न मतियारको भूमिका खेलेको आयोगले जनाएको छ ।

विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *