१७ औैँ ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ फागुन ६ गते

काठमाडौं । ‘१७औैँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३’ फागुन ६ गते पोखरामा हुने भएको छ । व्यवस्थित रुपमा कार्यक्रम आयोजनाका लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति बनाएर काम थालेको छ ।

‘सफल दूध’ को मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने म्याराथनको मूल नारा ‘स्वास्थ्यका लागि, पोखराको लागि’ राखिएको छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले यसै वर्ष म्याराथनको अन्तर्राष्ट्रिय छाता संगठन एसोसिएसन अब इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेर्सस् ‘एआइएमएस) मा दर्ता भएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

दर्ता भएपछि सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका रुट समेत एम्सबाट प्रमाणीकरण भएको आयोजकले जनाएको छ ।

म्याराथनलाई विशेष बनाउनका लागि म्याराथन र महिला हाफ म्याराथनका सहभागीहरुमा चिप्सको प्रयोग गरिने भएको छ । चिप्सले धावकको दौड समय यकिन मापन गर्ने जनाइएको छ ।

म्याराथनमा प्रथम हुनेले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहनस्वरुप छुट्टै पुरस्कारको व्यवस्था पनि गरिएको जनाइएको छ ।

महिला हाफ म्याराथन, १० किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर छात्र–छात्रा, ह्वीलचियर तथा दृष्टिविहीन तर्फका पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।

म्याराथनको मुख्य प्रायोजकमा पोखराको सुजल डेरी प्रालिको ‘सफल दूध’ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *