यती दुर्घटना : ६० जनाको शव आफन्तलाई बुझाइयो

काठमाडौं । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६० जनाको शव परिवार र आफन्तलाई बुझाएको यति एयरलाइन्सले जनाएको छ ।

घटनास्थलबाट ७० शव निकालिएको थियो । तीमध्ये काठमाडौं र पोखरामा गरी ६० जनाको शव बुझाएको एयरलाइन्सले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

चार जनाको शव पहिचान र सनाखत गरी बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।

६ जनाको शव भने धेरै जलेको अवस्थामा भएकाले फरेन्सिक विधिबाट परीक्षण गर्न असम्भव भएको र डीएनए परीक्षणको प्रक्रिया सुरु भएको विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटना भएको जहाजमा यात्रु दलसहित ७२ जना सवार थिए । तीमध्ये दुईजना अझैसम्म भेटिएका छैनन् । उनीहरुको खोजी भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *