साना उद्यमीलाई सहज रुपमा कर्ता दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीलाई सहज रुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

साना उद्योगहरुको पहुँच विस्तार गरी लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिदको नीतिगत व्यवस्था गर्न गोल्छाले माग गरे ।

गत आर्थिक वर्षमा ३०९ वटा ठूला उद्योग दर्ता भएकामा ६५ हजार ६९ एसएमई उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने अध्यक्ष गोल्छाले बताए ।

साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको उनले दाबी गर्दै उनले बैंकहरुको महँगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको बताए ।

साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने गोल्छाको भनाइ छ ।

अध्यक्ष गोल्छाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे ।

करिब ५० प्रतिशत उद्योग दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग गोल्छाको आग्रह थियो ।

कतिपय उद्योग झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *