‘स्पट फिक्सिङ’ आरोपमा क्रिकेटका दुई खेलाडी पक्राउ

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘स्पट फिक्सिङ’ मा संलग्न भएको आरोपमा दुईजना खेलाडी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय टोलीका खेलाडी आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमलाई पक्राउ गरेको हो ।

दुवै खेलाडीले स्पट फिक्सिङको योजना अनुसार काम गरेको सीआईबीको दाबी छ । उनीहरुले नेपाल टी–२० क्रिकेटको व्यापारिक अधिकार पाएको सेभेन थ्री स्पोर्ट्सका मालिकको योजनालाई सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

सीआईबीले बेलैमा ध्यान दिएकाले खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ हुन नपाएको तर ‘स्पट फिक्सिङ’ भने भएको सीआईबीले जनाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गत पुस ९ देखि २७ गतेसम्म काठमाडौंमा नेपाल टी–२० क्रिकेट लिग भएको थियो ।

खेलका क्रममा क्याच आउट, रन आउट, चौका, छक्का लगायतका विषयमा खेलका अफिसियलसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ ।

खेल मिलमतोको आशङ्का भएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *