राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कसलाई उम्मेदवार बनाउने भन्नेचाहिँ निर्णय नगरेको कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै हुनु पर्ने माग गरेको छ ।
त्यसका लागि कानुनी समस्या भए तत्काल बाधा अड्चन हटाएर चुनाव गर्न ध्यानकर्षण गराइएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिएका छन् ।
माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने उनले बताए ।
राष्ट्रपतिमा अरु दलहरुसँग सहमतिको प्रयास गर्ने जिम्मा पार्टी सभापति तथा पदाधिकारीहरुलाई दिइएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया