एसियन च्याम्पियनसिपको फाइनलमा नेपाली बक्सर सुष्मा

काठमाडौं । नेपाली महिला बक्सर सुष्मा तामाङ थाइल्याण्डमा जारी एसियन अण्डर-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल बनेकी छन् ।
४८ केजी तौल समूहको सेमिफाइनलमा मंगोलियाकी बक्सरलाई हराउँदै उनी फाइनलमा पुगेकी हुन् ।
यो प्रतियोगिताको फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी भएकी छन् ।
बुधबार हुने फाइनलमा उज्वेकिस्तानकी बक्सर फोजिलोभा फर्जोनासँग उनले प्रतिस्पर्धा गर्नेछिन् ।
प्रतिक्रिया