सुदूरपश्चिम बन्यो प्रधानमन्त्री कप च्याम्पियन

सुनसरी । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

उपाधिसँगै उसले ५ लाख र ट्रफाी हात पारेको छ । उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छ ।

प्रदेश १ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाइन् ।

प्रदेश १ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १–१ विकेट लिए ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन् ।
यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् । सुदूरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *