पाँच महिनामा भित्रियो साढे २ अर्बको प्याज

काठमाडौं । पाँच महिनाको अवधिमा नेपालमा साढे २ अर्बभन्दा बढी मूल्यको प्याज भित्रिएको छ । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको हो ।

अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठूलो मात्रामा हुन्छ । स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा आयात गर्नुपर्ने बाध्यता छ ।

भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को साउनदेखि मङ्सिरसम्म नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको तथ्यांक छ ।

आव २०७७/७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन आयात भएको ‘आर्थिक अभियान’ ले उल्लेख गरेको छ ।

-तस्बिरः पिक्स्वे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *