न्यून चापीय प्रणाली भित्रँदै, वर्षा र हिमपात हुन सक्ने

काठमाडौं । सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली सोमबार साँझ नेपाल प्रवेश गर्ने भएकाले त्यसले देशका विभिन्न भूभागमा वर्षा हुन सक्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बिहान र दिउँसो भने देशभर मौसम सामान्यतः सफा रहने छ ।

राति मौसम बदली भइ सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना छ ।

यसैगरी मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

बुधबार राति प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *