पार्कमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा रहेको बालरुम डान्स स्टुडियोमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

क्यालिफोर्निया प्रहरीका अनुसार स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

घटनामा अन्य १० जना घाइते भएकामा केही सिकिस्त अवस्थामा छन् । उनीहरुको उपचार भइरहेको छ ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार स्थानीय समय अनुसार राति सवा १० बजे गोली चलेको थियो।

घटना भएको स्थान मुख्य शहरभन्दा १३ किलोमिटर टाढा लस एन्जलसको पूर्वी भागमा छ। त्यहाँ ठूलो संख्यामा एसियाली समुदायका मानिसहरुको बसोबास छ।

एक पुरुषले गोली चलाएको उल्लेख भए पनि आधिकारिक रुपमा विस्तृत विवरण आएको छैन्। क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसोमले घटना निकै डरलाग्दो भएको बताएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उनले बन्दुकको अर्को गम्भिर दुरुपयोगको परिणाम भोग्नु परेको बताए। उनले भने ‘मोनटेरी पार्कमा एक खुसीको उत्साह साट्दै लुनार नयाँ वर्षको उत्साह थियो। तर तिनिहरु नै बन्दुकको दुरुपयोगको सिकार भए।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *