मेरो माया

पातलिँदै जान्छ सायद
माया नामको धातु
समयसँगै बग्दै जाँदा
हावाले लान्छ केही,
केही पानीले
केही अन्य यौगिकसँग मिल्छ !

मेरो माया, सुन वा चाँदी
वा फलाम के हो कसरी भनूँ ?
मैले त केवल माया बुझेँ
पग्लिएको पाएँ,
आफू पनि पग्लिएँ
र उसकै आकारमा आफूलाई मिलाएँ !!

मेरो माया, घाम पानीमा
बिलाइ गयो,
यो सृष्टिमा घुलिगयो
माटो-बाटो एकै भयो
माया कतै कपुरझैं उडी गयो
जसरी कि उसको मौलिक सुगन्ध !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *