शहीद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ देखि

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिका सार्वजनिक गरेको हो छ ।

खेलहरु त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । यसपालि लिग डबल राउन्ड रोबिनमा हुनेछ ।

पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । रङ्गशालामा हुने उद्घाटन खेल फागुन १९ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

चर्च ब्वाइजले पहिलो खेल नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ ।

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ ।

यस पटकको लिगमा १ सय ८२ वटा खेल हुनेछन् । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै ‘मस्ट भ्यालुएबल’ खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र ‘इमर्जिङ प्लेयर’ ले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

फेयर प्ले अवार्ड विजेताले ३ लाख रुपैयाँ पाउने छ । प्रत्येक खेलको विजेता क्लबले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ ।

हरेक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *