प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा प्रदेश १ र सुदूरपश्चिमको भेट पक्का

सुनसरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

यी दुई टिमबीच फाइनल खेल भोलि शनिबार हुनेछ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुग्न सफल भयो ।

त्यसअघि शुक्रबारै भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो ।

इटहरीस्थित जनता माविको मैदानमा खेल भएको खेलमा एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ १३ दशमलव ४ ओभरमा ४५ रनमै अलआउट भयो ।

यस्तै पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १ सय ८० रन बनायो ।

जवाफमा मधेसले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *