सभामुख बनेपछि दलीय औपचारिक संलग्नताबाट अलग्गिए घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेकपा एमाले पार्टीको सम्पूर्ण पदबाट अलग भएको घोषणा गरेका छन् ।
सभामुख पदको भूमिकालाई निष्पक्षरुपमा निर्वाह गर्न भन्दै उनी पार्टीको सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट बाहिरिएका हुन् ।
‘सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्षरुपमा निर्वाह गर्नका लागि नेकपा एमालेको पार्टी सदस्यता र सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवाीबाट अगल भएको जानकारी गराउँदछु’ घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
उनी बिहिवार सभामुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया