प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पेरुमा ५३ जनाको मृत्यु

काठमाडौं । सरकारविरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा परी पेरुमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

डेढ महिनायता जारी झडपमा परी ७ सय ७२ जना घाइते भएका छ । पेरुमा जारी प्रदर्शनलाई अहिले सम्मकै खराब हिंसात्मक आन्दोलनका रुपमा मानिएको छ ।

पेरुको राजधानी लिमामा पूर्व राष्ट्रपति पेद्रो कास्टियोको रिहाइको माग गर्दै चर्किएको प्रदर्शनले उग्र रुप लिएको हो ।

गत डिसेम्बर पहिलो साता पूर्व राष्ट्रपति कास्टियोलाई महाअभियोगसहित पदबाट हटाउने निर्णय भएको थियो ।

त्यसलगत्तै समर्थकले प्रदर्शन सुरु गरेका थिए । डिसेम्बर पहिलो सातापछि त्यहाँ निरन्तर प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले नवनियुक्त राष्ट्रपति डिना बोलुआर्तेको राजीनामा माग गरिरहेका छन् ।

उनीहरुले निर्वाचनको मागसहित पूर्व राष्ट्रपति कास्टियोको रिहाइको माग समेत गरेका छन् ।

गत डिसेम्बर ७ मा पूर्व राष्ट्रपति कास्टियो माथि संसद विघटन गर्न खोजेको आरोपमा महाअभियोग सहित पदमुक्त गरिएको थियो ।

आरोपमाथि छानबिनका लागि कास्टियो हाल प्रहरी हिरासतमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *