मृत्युपछि शरीर दान गर्ने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मृत्युपछि आफ्नो  शरीर दान गर्ने भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको मृगौला प्रत्यारोपीको भेलामा बोल्दै दाहालले शरीर दान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने गर्नेछु ।’

उनको घोषणापछि कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अङ्ग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरीले पनि मृत्युपछि आफ्नो सबै अङ्गदान गर्ने घोषणा गरेका थिए ।

आफ्नो घोषणाबारे प्रधानमन्त्रीले आफ्नो ट्वीटरमार्फत् पनि जानकारी गराएका छन् ।

चिकित्सा क्षेत्रका विद्यार्थी र चिकित्सकहरुले मानव शरीरका अङ्गबारे सुक्ष्म अध्ययन गर्नका लागि मृत शरीर उपयोग गर्छन् ।

विशेष विधि अपनाएर शरीरका अङ्ग छुट्याइन्छ । अनि ती अङ्गको माध्यमबाट विद्यार्थीलाई अध्ययन गराइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *