खुकुरी प्रहार गरी साथीको हत्या

सुनसरी । धरान उपमहानगरपालिका-५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । आक्रमणमा २५ वर्षीया मञ्जु खड्का राई घाइते भएकी छन् ।
स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छामा साथी कुमारलाई बिहिवार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनलाई पनि खुकुरी प्रहार गरेका थिए । सिकिस्त घाइते मञ्जुको धरानको विजयपुर अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।
-सांकेतिक तस्बिर ।
प्रतिक्रिया