प्रधानमन्त्री कप महिला क्रिकेट : आज सेमिफाइनल खेलहरू

सुनसरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा आज शुक्रवार सेमिफाइनलका खेल हुँदैछन् ।
पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
सुदूरपश्चिम समूह ‘ए’को विजेता र मधेस प्रदेश समूह ‘बी’ को उपविजेता टोली हो ।
दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश १ समूह ‘बी’ को विजेता र एपीएफ समूह ‘ए’ को उपविजेता हो ।
प्रतियोगितामा आठ टोली सहभागी थिए । तिनलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि शनिवार हुनेछ ।
उपाधि विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया