विद्यार्थीले पत्ता लगाए नयाँ ग्रह

काठमाडौं । १७ वर्षीय अमेरिकी किशोरले नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकाको न्यूयोर्कस्थित स्कार्सडेल हाइस्कुलमा अध्ययनरत उल्फ कुकियर नामका किशोरले नयाँ ग्रह पत्ता लगाएका हुन् ।

स्कुल बिदाका बेला अन्तरिक्ष संस्था ‘नासा’ मा इन्टर्नशिपका लागि गएका उनले तीन दिनमै नयाँ ग्रह पत्ता लगाएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अन्तरिक्षमा सौर्य प्रणालीभन्दा बाहिर रहेका ग्रहहरू खोज्ने काममा प्रयोग गरिएका भूउपग्रहका तस्वीर हेर्ने क्रममा उनले नयाँ ग्रह पत्ता लगाएको जनाइएको छ ।

भूउपग्रहका तस्वीर अध्ययन गर्ने क्रममा उनले दुइटा ताराको उज्यालो छेकेको वस्तु देखेपछि उनले त्यहाँका अग्रजहरुलाई जानकारी दिएका थिए ।

थप अध्ययनपछि ‘टीओआई १३३८ बी’ प्रकाश वर्ष टाढा रहेको भनिएको उक्त ग्रह पत्ता लागेको थियो । नासाले उनले पत्ता लगाएको ग्रहलाई मान्यता दिएको जनाइएको छ ।

ग्रहको नाम ‘टीओआई १३३८ बी’ राखिएको छ । दुइटा तारालाई परिक्रमा गर्ने भएकाले उक्त ग्रहमा दुई पटक सूर्यास्त हुने वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *