आउँदो साता हिउँदे वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका धेरै ठाउँमा आगामी सोमबारदेखि हिउँदे वर्षा हुने भएको छ । काठमाडौं उपत्यकासहित विभिन्न पहाडी क्षेत्र र तराई क्षेत्रमा हिउँदे वर्षा हुने सम्भावना देखिएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना पनि छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *