अन्तर्जातीय प्रेमकथा ‘भगवत् गीता’ मा विपिन

काठमाडौंँ । जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल बनेका अभिनेता विपिन कार्की नयाँ फिल्म ‘भगवत् गीता’ मा देखिने भएका छन् ।

अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच फिल्ममा काम गर्न सम्झौता गरिएको निर्माण पक्षले जनाएको छ ।

अन्तर्जातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्म जनकपुर र दार्चुलामा छायांकन हुनेछ ।

फिल्मको कथा र चरित्र मन परेकोले त्यसमा अभिनय गर्न आफू मञ्जुर रहेको विपिनले बताएका छन् ।

फिल्म ‘प्रसाद २’ को छायाङ्कन हालै सकेका विपिनसहितका कलाकारको अभिनय रहने ‘भगवत् गीता’ का निर्माता सुनीलकुमार थापा छन् ।

यसअघि विपिनले निर्वाह गर्ने भूमिकामा सौगात मल्ल र दयाहाङ राई रहने बताइए पनि दुवै अरु फिल्ममा व्यस्त भएकाले सहभागी हुन नसकेको जनाइएको छ ।

‘भवगत् गीता’ मा विपिनका साथैअभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।

माघ २० गतेबाट छायाङ्कन सुरु हुने फिल्म अर्को वर्षको बैशाख १ गते प्रदर्शन गर्ने निर्माण पक्षले घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *