हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १८ जनाको मृत्यु

काठमाडौं । युक्रेनको राजधानी किभमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक स्कुलका तीनजना विद्यार्थीको पनि मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको नजिकका अस्पतालमा उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित जम्मा ९ जना सवार थिए ।
दुर्घटनामा आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको जनाइएको छ ।
युक्रेनका राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि विद्यार्थी र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए ।
दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ ।