प्रतिनिधिसभाले बिहीबार सभामुख पाउने

काठमाडौं । प्रतिनिधिसभाले बिहीबार सभामुख पाउने भएको छ । त्यसका लागि आज बुधबार मनोनयन दर्ता गरिँदैछ । सभामुख चयन गर्न बिहीबार प्रतिनिधिसभामा मतदान हुनेछ ।

संघीय संसद् सचिवालयले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।

मनोनयन दर्ता भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने संसद सचिवायले जनाएको छ ।

भोलि ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्ने कार्यतालिका छ ।

त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ताक्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने छ ।

सत्ता साझेदार दलहरुको बैठकले सभामुख नेकपा एमालेलाई दिने निर्णय गरेको छ ।

त्यस्तो निर्णय भए पनि एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय औपचारिक रुपमा गरिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *