मन्त्रिपरिषद विस्तार : थपिएका मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सामूहिक रुपमा शपथ गराएकी हुन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार एमालेका थप चार, माओवादी केन्द्रका थप तीन, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका ३–३ र जनमत पार्टीको एक मन्त्रीले शपथ लिएका हुन् । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको जिम्मेवारी पाएका छन् ।

राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे शहरी विकास मन्त्री बनेका छन् भने दीपकबहादुर सिंह उmर्जा राज्यमन्त्री भएका छन् ।

नेकपा एमालेबाट चारजना मन्त्री थपिएका छन् । राष्ट्रिय सभाकी सांसद बिमला राई पौड्यालले परराष्ट्रमन्त्री, हरि उप्रेतीले रक्षा, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् भने सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै, सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल शिक्षा मन्त्री तथा डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

रास्वपाकी डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् भने जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको शपथ लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *