बार्सिलोनाले जित्यो स्पेनिस सुपर कप

काडमाडौं । प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साबिक विजेता रियललाई ३-१ ले पराजित गर्दै बार्सिलोना ३ सिजनपछि सुपर कपको च्याम्पियन बनेको हो ।
बार्सिलोनाका लागि गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरेका थिए ।
रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काएका थिए । खेलको ३३औं मिनेटमा गाभीको गोलबाट बार्साले अग्रता लिएको थियो ।
पहिलो हाफको इन्ज्युरी टाइमको अतिरिक्त समयमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
६८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको गोल अन्तर बढाएका हुन् ।
दोस्रो हाफको इन्ज्युरी समयको अतिरिक्त समयमा रियलका कप्तान करिम बेन्जेमाले गोल फर्काएका थिए ।
प्रतिक्रिया