सुन तोलाको १ लाख ५ हजार २००

काठमाडौं । सुनको मूल्य लगातार बढिरहेको छ । आज सोमबार एक तोला सुनको मूल्य १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
आइतबार तोलाको १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ फागुन २५ गते तोलाको लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको हो ।
चाँदीको मूल्य पनि यस अघिभन्दा बढेको छ । चाँदी एक तोलाको १ हजार ४ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया