सुरू भयो इलाम-काठमाडौं उडान

इलाम । नेपाल वायुसेवा निगमले माघ १ गते आइतबारदेखि इलाम-काठमाडौं नियमित उडान सुरु गरेको छ । हालका लागि हप्ताको एक दिन उडान गरिएको हो ।

अलि पछि आइतबार र बुधबार गरी हप्ताको दुई दिन उडान गरिने भएको छ ।

प्रारम्भिक रुपमा इलामबाट काठमाडौंसम्मको प्रति यात्रु भाडा ६ हजार ३ सय तोकिएको छ । काठमाडौंका लागि बिहान ९ः३० बजे उडान हुनेछ ।

काठमाडौंबाट इलामका लागि ६ हजार ५ सय भाडा तोकिएको छ ।

काठमाडौ इलाम वा इलाम काठमाडौको लागि हवाइ टिकट बुकिङमा सहयोग, सहजीकरण तथा सूचनाको आवश्यकता भएमा नेपाल वायु सेवा निगमको फोन नम्बर ०१४२२४४८६, ०१४२२३४५३, ०१४२४८६०४ र ०२१४७०६६१ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसैगरी इलाम नगरपालिकाको नगर प्रहरी हेल्प डेस्कमा ०२७५२००३१ मा सम्पर्क गर्नु सकिने छ ।

७० वर्ष नाघेका जेष्ठ नागरिकको हकमा नागरिकताको फोटोकपी २ प्रति अनिवार्य पेश गरेपछि भाडामा ५० प्रतिशत छुट हुने जनाइएको छ । यो सहुलियत प्रति उडान दुईजनालाई दिइने जनाइएको छ ।

२५ वर्ष ननाघेका विद्यार्थीको हकमा विद्यार्थी परिचय पत्र र उमेर खुल्ने प्रमाणपत्रको फोटोकपी २ प्रति अनिवार्य पेश गरेपछि प्राप्त हुने २५ प्रतिशत छुट सुविधा दिइएको छ ।

यसैगरी २ वर्षदेखि १२ वर्षका बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी २ प्रति अनिवार्य पेश गरेपछि प्राप्त हुने २५ प्रतिशत छुट सुविधा दिइने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *