पुलिस र हेल्प नेपाल बने भलिबल च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लब र हेल्प नेपाल एनभीए पुरुष तथा महिला क्बल भलिबल प्रतियोगिताको विजेता बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार सम्पन्न खेलमा महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल विजयी बन्दै च्याम्पियन भएका हुन् ।

महिलातर्फको फाइनलमा न्यू डायमन्ड स्पोट्स क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस टिम विजेता बनेको हो ।

पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि पाएको हो ।

विजेता पुलिस र हेल्प नेपाल टिमले ४-४ लाख रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ दोस्रो बनेको डायमन्डले दुई लाख र तेस्रो एपीएफ क्लबले १ लाख प्राप्त गरे ।

पुरुषतर्फको खेलमा दोेस्रो भएको आर्मीले २ लाख र तेस्रो एपीएफले एक लाख रुपैयाँ प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *