शान्ति समाजमा बराल नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् । समाजको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल (पाल्पा) चयन भएका छन् ।

समाजको नवलपरासी पश्चिमको भूमहीमा सम्पन्न २५ औँ राष्ट्रिय परिषद् बैठकबाट केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु चयन गरिएका हुन् ।

समिति उपसभापतिमा राजेन्द्र पौडेल (चितवन) र उपसभापति महिलातर्फ पुष्पा मल्ल (सुर्खेत) चुनिएका छन् ।

यसैगरी महासचिवमा काठमाडौंकी रेनुका पौडेल, कोषाध्यक्षमा काठमाडौंका किरण ढकाल चयन भए ।

प्रदेश १ सचिवमा लक्ष्मीनारायण मिश्र (तेह्रथुम) मधेश प्रदेश सचिवमा अमरबहादुर गौतम (पर्सा), वाग्मती प्रदेश सचिवमा चन्द्रमणि बञ्जारा (ललितपुर) गण्डकी प्रदेश सचिवमा सीताराम तिवारी (गोरखा) चयन भएका छन् ।

यसैगरी, लुम्बिनी प्रदेश सचिवमा सन्तोष अधिकारी क्षेत्री (नवलपरासी पश्चिम), कर्णाली प्रदेश सचिवमा प्रकाश शाही (सुर्खेत), सुदुरपश्चिम प्रदेश सचिवमा भक्तबहादुर विश्वकर्मा (कैलाली) चयन भएको समाजले जनाएको छ ।

यस्तै, सचिवमा आदिवासी–जनजातितर्फ रामप्रसाद जोशी (नुवाकोट), सचिव मधेशीतर्फ सन्तोषकुमार रौनियार (सुनसरी), सचिव दलितमा निर्मल नेपाली (दाङ) र सचिव महिलातर्फ मीना ढकाल (रुपन्देही) चयन भएका छन् ।

महिला सदस्यमा नम्रता खरेल (काठमाडौं), फूलमाया सुनार (रुपन्देही), जानुका अधिकारी (नुवाकोट), मिरादेवी अधिकारी (बारा) चयन भए ।

सदस्य खुलातर्फ ६ पदमा धनपति खनाल (रुपन्देही), ज्ञानेन्द्र निरौला (झापा), तुलसीराम सुनार (दाङ), विनोद अधिकारी (चितवन), दिल्लीप्रसाद जैसी (सल्यान) र देवराज भट्टराई चयन भएका छन् ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमाणपत्र प्रदान गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित संस्था हो ।

यसका संस्थापक सभापति कृष्ण पहाडी हुन् । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दूतावास, दातृ संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सूर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन ।

समय आन्दोलनका नाममा निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको समाजले एक दशकदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ ।

समाजले २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *