‘अगस्त्य’ मा सौगातको मुख्य भूमिका

काठमाडौं । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट भनिएको फिल्म ‘द अनब्रेकेबल: अगस्त्य’ मा अभिनेता सौगात मल्लले अभियन गर्ने भएका छन् ।

माघे संक्रान्तिको अवसरमा पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो ।

‘मिस्टर भर्सटायल’ को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन् । फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन् ।

फिल्मका लागि अन्य कलाकारहरु चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए ।

सौरभ स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । फिल्मको छायांकन राजेश श्रेष्ठले गर्ने जनाइएको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।

फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ ।

निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ ।

दुई शङ्खलामा निर्माण हुन लागेको फिल्मको स्क्रिप्ट तयार भइसकेको जनाइएको छ । आगामी बैशाखबाट सुटिङ सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए ।

उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, निर्माता मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे ।

हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *