संस्था विस्तार गर्दै ‘योगदान राष्ट्रका लागि’

विराटनगर । समाजसेवा र सिर्जनात्मक काममा सक्रिय युवाहरुको संस्था ‘योगदान राष्ट्रका लागि’ मोरङले समिति विस्तारलाई तीव्रता दिएको छ ।
संस्थाको शनिबार भएको अधिवेशनले मदन भण्डारीको अध्यक्षतामा मोरङमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष रश्मी थापा, सचिव भोजराज रिजाल, कोषाध्यक्ष ओमनाथ सापकोटा र सहसचिव चिरञ्जीवी आचार्य छन् ।
संस्थाको सदस्यमा लक्ष्मी नेपाल, राकेश दंगाल, विप्लव कोइराला, सञ्जीता लुइँटेल, सुगम सुवेदी र निशा कार्की चयन भएका छन् ।
यसअघि मोरङको ग्रामथान र विराटनगर महानगरपालिकामा संस्थाले समिति गठन गरेको थियो । संस्थाको विस्तार गर्दै सुन्दरहरैँचा नगरपालिकामा पनि नयाँ कार्यसमिति गठन गरिएको हो ।
यसैगरी सुन्दरहरैँचाको समितिमा रविन फुयाँल अध्यक्षमा चयन भएका छन् ।
उपाध्यक्षमा रिजन अधिकारी, सचिव रामचन्द्र सुवेदी, सहसचिव सञ्जिता लुइँटेल र कोषाध्यक्षमा अप्सना कार्की तथा सदस्यहरुमा निरन प्रसार्इँ, प्रतीक्षा घिमिरे, अनिल कार्की, सुजन बाराकोटी, धिरजकुमार पण्डित र भेषराज आचार्य सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन सुजन बाराकोटीे र गणेश गुरागाईँले गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का पूर्ववडाध्यक्ष शैलेन्द्र श्रेष्ठ र संस्थाका आजीवन सदस्य निरज सुवेदी, चिना थापालगायत सहभागी थिए ।
संस्थाले मुलुकका ७७ वटै जिल्लामा आफ्नो कार्यसमिति गठन गरेको जनाएको छ । संस्थाले देशमा आपतकालीन अवस्थामा महत्वपूर्ण सेवा प्रदान गर्दै आएको छ । कोरोना महामारीका बेला संंस्थाले मास्क वितरण, घरैमा गएर सेनिटाइजर वितरण, गरिएको थियो ।
प्राथमिक उपचारसम्बन्धी ज्ञान, देशमा आइपर्ने बाढीपहिरो, महामारी, दुर्घटना, आपतकालीन अवस्थामा जनशक्तिको विकास र स्वतन्त्र स्वयंसेवक परिचालन गर्ने काम संस्थाले गर्दै आएको मोरङ उपाध्यक्ष रश्मी थापाले बताइन् ।
मोरङको सुन्दर हरैँचामा गत जेठमा आयोजित कार्यक्रमका सहभागी ।