एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो

सुनसरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ ।

सुनसरीको इटहरीमा आज शनिबार भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले एपीएफलाई ५२ रनको लक्ष्य दिएको थियो ।

एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्यो । एपीएफकी कप्तान सीता राना मगरले अविजित १९ रन तथा रोमा थापाले १४ रन जोडिन् ।

गण्डकीकी सृष्टि जैसीले ३ विकेट लिइन् । त्यसअघि गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो ।

गण्डकीकी कप्तान जैसीले सर्वाधिक १४ रन बनाइन् । एपीएफकी सुमन विष्टले ३ विकेट लिइन् । जितसँगै एपीएफले २ अङ्क जोडेको छ ।

दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार सुरु भएको प्रतियोगितामा पहिलो दिन प्रदेश १ ले मधेस प्रदेश तथा सुदूरपश्चिमले बाग्मतीलाई हराएर २ अङ्क जोडेका छन् ।

प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् ।

प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ । उपाधि विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *