१२ जना नेपाली अझै मलेसियामा ‘बन्धक’

काठमाडौं । मलेसियामा अलपत्र अवस्थामा रहेका १९ जना नेपालीमध्ये सातजना स्वदेश आइपुगेका छन् । रोजगारीका लागि मलेसिया पुगेका तीमध्ये १२ जना भने फर्कन पाएका छैनन् ।

फर्किएकाहरुमा गोरखाका ठाकुर रेग्मी, कमलबाबु श्रेष्ठ, भोजपुरका बाबुराम बास्तोला, कैलालीका कैलाश लोहार, धादिङका बावुलाल बिक, मकवानपुरका ईश्वर कोइराला र भुवन कोइराला नेपाल छन्।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनीहरू बन्धक रहेको खबर सार्वजनिक भएपछि सरकारले उद्धारको पहल थालेको थियो ।

मलेसियास्थित नेपाली एजेन्टले ४ हजार ३ सय मलेसियाली रिंगेट खर्च गरेर उनीहरुलाई नेपाल पठाएका हुन् ।

उनीहरुलाई मलेसियाको केलाङ सहरस्थित एक भवनमा पुस १७ गतेबाट बन्धक बनाइएको थियो । काठमाडौंको सानेपास्थित ‘खोजी मेनपावर कम्पनी’ मार्फत् गत भदौ २३ गते मलेसिया गएका उनीहरू त्यहाँको टिज चिकेन सप्लायर्समा कामका लागि पुर्याइएका थिए ।

पुस १७ गते गते उक्त कम्पनीका म्यानेजरले रौतहट घर भएका हिरालाल राउतलाई कुटपिट गरेका थिए । त्यसको विरोध गरेपछि नेपाली कामदारहरुलाई रोजगारीबाट निकालिएको थियो ।

त्यहाँ रहेका अरु १२ जना कामदार पनि नेपाल आउन खोजिरहेको फर्किएकाहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *