प्रदेशसभाले आज उपसभामुख पाउँदै

विराटनगर । प्रदेश १ मा उपसभामुखको निर्वाचन आज शनिबार हुने भएको छ । प्रदेशसभ उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेकी प्रदेशसभा सदस्य सिर्जना दनुवार र नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य लीलाकुमारी राईले उम्मेदवारी दिएका हुन् ।

दनुवारलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन छ भने राईलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

दुवै उदयपुरबाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सत्ता गठबन्धनमा सभामुखमा नेकपा माओवादी केन्द्रले पाउने र उपसभामुख नेकपा एमालेले पाउने सहमति भएअनुसार सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भइसकेका छन् ।

सहमतिअनुसार सरकारको नेतृत्व एमालेका हिक्मतकुमार कार्कीले गरेका छन् । उनले सत्ता साझेदार दलका प्रतिनिधि सम्मिलित गराएर सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रदेशसभामा बहुमत रहेकाले पनि सत्ता गठबन्धकी दनुवार उपसभामुखमा निर्वाचित हुने निश्चितजस्तै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *